अमेरिकामा नेपाली मूलका ह्यारीले रचे इतिहास

काठमाडाैं । नेपाली मूलका ह्यारी (एचबी) भण्डारी मेरील्याण्ड राज्यको तल्लो सदन हाउस अफ डेलिगेट मा निर्वाचित भएका छन् ।
मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् । अमेरिकी मुलधारको रानीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी नेपाली मूलका पहिलो अमेरिकी हुन् ।

गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका थिए । मंगलबारको अन्तिम चुनावमा पनि उनी नै चुनिएका हुन्  । नेपालको पर्वतमा जन्मिएका उनी  सन् २००५ मा अमेरिका पुगेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री