‘जानी नजानी’को फर्स्ट लुक सार्वजनिक, निरिशाको डेब्यु

काठमाडाैं । चैत १ गते रिलिज हुने सिनेमा ‘जानी नजानी’ को फस्ट लुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा सिनेमाका मुख्य कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठलाई प्रस्तुत गरिएको छ। पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा यसै सिनेमामार्फत सिनेनगरीमा डेब्यु गर्दैछिन्।सिनेमामा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ। आधुनिक प्रेम कथामा आधारित सिनेमाको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै सिनेमामार्फत धेरै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन्।

फिल्ममा छायाँकन सञ्जय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन्। कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको सिनेमाको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो।सिनेमामा अर्जुन जिसीको सम्पादन, वसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन्। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। सिनेमालाई मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण गरेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री