सुर्खेत जीप दुर्घटनाका मृतकको परिचय खुल्यो

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका–३ का रहेका छन् भने एक जना दैलेख भैरवि गापा–४ का रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिकोट शुभकालिका–३ का तन्त बिक, नमराज बिक र बीरेन्द्र बिक रहेका छन् ।

भैरवि गापा–४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । त्यस्तै, दुर्घटनामा घाइते भएका कालिकोट शुभकालिका–३ का नरि बिक र कालिकोट खाडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी बीरेन्द्रवीर बिश्वकर्माले बताए ।

घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस