एसबीआई र क्लियरिङ हाउसबिच सीमापार भुक्तानीबारे सम्झौता

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले नेपाल र भारतबिचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) को माध्यमबाट नेपाल एसबीआई बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् । त्यसै गरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds