News desk

यी हुन् भाग्यमानी महिला, जो पटक-पटक मन्त्री भए

काठमाडाैं । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । यसले महिलालाई राजनीतिमा अगाडि आउन सहयोग गर्यो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र सापकोटाले लेखेका छन् । सहाना प्रधान, हिसिला यमी, कमला पन्त, राधा ज्ञावाली तीन पटक मन्त्री भए। देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दुई पटक मन्त्री भइन् भने दुई कार्यकाल राष्ट्रपति बनिन् । …

पुरा पढ्नुहॊस »

मन्त्रीको मनपरी : जन्मदिन मनाउन सरकारी खर्च, सकियो ४० लाख

काठमाडौं । अनुगमनको बहानामा मन्त्रीहरूले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोेतको दाबी छ । ‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएकोसमेत भेटिएको छ,’ कार्यालयका एक उच्च अधिकारी भन्छन् । स्रोतका अनुसार अधिकांश मन्त्रीको अनुगमन प्रतिवेदनसमेत विश्वासयोग्य छैन । कतिपय मन्त्रीले घरायसी, व्यक्तिगत र पार्टीको काममा खर्च गरेको …

पुरा पढ्नुहॊस »

शिक्षकलाई सामाजिक सञ्जालमा अंकुश, के-के गर्न पाइन्न ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो । कात्तिक  १३ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा …

पुरा पढ्नुहॊस »

ल्याण्डरोभरको ठक्करबाट मोटरसाइकलमा सवार ज्वाईँ-जेठानको मृत्यु

काठमाडाैं । बाँकेको कोहलपुरमा शुक्रबार बेलुका ल्याण्डरोभर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएकाे छ । बाँकेको कोहलपुर विद्युत चोक नजिक बा ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका –१, भूरिगाउँका ५५ वर्षीय काशीचन्द्र न्यौपाने र ठाकुरबाबा नगरपालिका –९, ठाकुरदराका ५० वर्षीय इन्द्रप्रसाद भट्टराईको मृत्यु भएकाे हाे । दुर्घटनामा मृत्यु भएकामध्ये काशीचन्द्र न्यौपाने ज्वाईँ र देवीराम भट्टराई …

पुरा पढ्नुहॊस »

तालिबानका ‘गडफादर’ मौलाना समी उल हकको हत्या

काठमाडाैं । पाकिस्तानमा जमियत उलेमा–ए–इस्लामका शाखाका प्रमुख मौलाना समी उल हकको रावलपिण्डीमा रहेको आफ्नै घरमा हत्या गरिएको छ । मौलाना समी उृल हकलाई पाकिस्तानमा तालिबानको जनक पनि मानिन्छ । उनी एक प्रभावशाली धर्मगुरु रहेका थिए । उनले हजारौँ तालिबानी लडाकूलाई तालिम पनि दिएका थिए । पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार साँझ उनकै घरमा पसरे आक्रमणकारीहरुले आक्रमण गरेका थिए । मौलाना समी उल हक ० वर्ष नाघिसकेका थिए । उनी सन् १९८ देखि खारुल उलूम …

पुरा पढ्नुहॊस »

नेइमार र एम्बाप्पे चम्कँदा पीएसजीको लगातार १२ औं जित

काठमाडाैं । युवा फरवार्डद्वय नेइमार र किलियन एमबाप्पे चम्कँदा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिगको १२ खेलसम्म लगातार जित निकालेको छ । शुक्रबार भएको लिग वान अन्तर्गतको खेलमा लिललाई २-१ ले हराउँदै लगातार १२ औं जित निकालेको हो । पीएसजीलाई जिताउन नेइमार र किलियन एमबाप्पेले समान एक-एक गोल गरे । खेलको अन्तिम समय तिर लिलले सान्त्वना गोल फर्कायो । पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा पिएसजीले गोल गरेको …

पुरा पढ्नुहॊस »

जापानले विदेशी कामदार सम्बन्धी नियम खुकुलो बनाउने

काठमाडाैं । जापानले आप्रवासी कामदारका नियमलाई खुकुलो बनाउने योजना अघि सारेको छ । मन्त्रिपरिषदले आप्रवासी नियम खुकुलो बनाउने विधेयकलाई पारित गरेको छ। जसअनुसार जापानले जारी गर्ने भिषामा नयाँ दुई समूह थप गरिने छ । जसले शारीरिक श्रम गर्ने विभिन्न समूहमा जापान आउने कामदारहरुको प्रवेश गर्न सहज बन्ने छ । जापानले निर्माण, कृषि तथा स्वास्थ्य क्षेत्रसहित एक दर्जन क्षेत्रमा शारीरिक श्रम गर्नुपर्ने रोजगारीमा आउनेहरुका लागि नियम खुकुलो बनाउन लागेको हो । …

पुरा पढ्नुहॊस »

पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज

काठमाडाैं । सोमबार छातीमा समस्या भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् । छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए । कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले भेटघाट गरे । शुक्रबार स्वास्थ्य परीक्षणको …

पुरा पढ्नुहॊस »

समबन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढे

घोराही । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो । अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । यसअघि उक्त अदालतमा ११७ सम्बन्धविच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेका छन् । संहिताबमोजिम पुरुषले पनि अदालतबाटै सम्बन्धविच्छेदको …

पुरा पढ्नुहॊस »

बीजेपी नेता अनिल परिहार र उनका भाइको गोली हानी हत्या

काठमाडाैं । भारतीय जनता पार्टी (भाजपा) का जम्मु काश्मिर राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ । सचिव परिहार र भाइ अजित परिहारको अज्ञात समूहले गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ । घटना डोडा जिल्लाको किस्तवाड कस्बेमा भएको हो । घर फर्कंदै गर्दा दुबैमाथि गोली प्रहार भएको हो । जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै एक उच्च कोटाको नेता गुमाएको बताएका छन् …

पुरा पढ्नुहॊस »