News desk

‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न

काठमाडौं । पाठशाला नेपाल फाउन्डेसनले आयोजना गरेको ‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न भएको छ । हरेक दुर्इ वर्षमा आयोजना हुने स्पोर्ट्स मिट करिब २ दर्जन खेल खेलाउँदै सम्पन्न भएको हो ।राजदल गणमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पाठशाला नेपाल अब्बल शिक्षा प्रदान गर्न सफल विद्यालयका रुपमा परिचित भएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेको क्षमताको खुलेर प्रशंसा गरे । Pathshala Nepal Foundation sports meet 2075!!! Gepostet von Pratap …

पुरा पढ्नुहॊस »

पार्टीलाई एक ढिक्का नबनाईकन म विश्राम लिन्न : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का …

पुरा पढ्नुहॊस »

बुद्ध लामाको ‘रातो टिका टल्क्यो टल टल…’ रिलिज, हेर्नुहोस् भिडियो

काठमाडाैं । नेपाल आइडल सिजन पहिलो संस्करणको विजेता बुद्ध लामाको नयाँ गीत रिलिज भएको छ । ‘रातो टिका टल्क्यो टल टल’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो । वसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्ध लामासँगै मेलिना राईले स्वर दिएकी छन् । चर्चित डान्स ग्रुप भिमफेदी गाइज फिचर्ड भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । संगीतकार वसन्त सापकोटा भन्छन्,’ बुद्ध नेपाल आइडलको ट्यागबाट माथि उठेर सिर्जनाको …

पुरा पढ्नुहॊस »

मुलुक गम्भीर धार्मिक द्वन्द्वमा फस्दै छ : कमल थापा

काठमाडाैं । गणतन्त्र स्थापनापछि नै गणतान्त्रिक शक्तिसँग नजिक देखिएका राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनाको पक्षमा फेरि वकालत गरेका छन् । ताप्लेजुङमा धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनपछि पत्रकारहरुसँग अन्तरक्रियाको क्रममा नेता थापाले राजसंस्थाको खुबै प्रसंसा गरे । यस क्रममा उनले ‘राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्र’ नै आफ्नो पार्टीको बटमलाइन भएको दोहोर्याएका छन् । राजसंस्था बिना मुलुकको राष्ट्रियता र राष्ट्रिय एकता बलियो नहुने उनको जिकिर थियो । साथै नेपालको धार्मिक, साँस्कृतिक …

पुरा पढ्नुहॊस »

झारफुक गर्ने निहुँमा बलात्कार

बर्दिया । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन् । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा …

पुरा पढ्नुहॊस »

विराज भट्टले बनाउने भए ‘साङ्लो’

काठमाडाैं । कुनै समय नायकको रुपमा राज गरेका अभिनेता विराज भट्ट नेपाली सिनेमामा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी सिनेमामा प्रवेश गरे ।  उनलाई त्यहाँ पनि राम्रो सफलता मिल्यो । नेपाली सिनेमापछि भोजपुरीमा गए पनि विराजले नेपाली सिनेमालाई भने भुल्न सकेनन् । केही वर्षको अन्तरालमा उनले रोज राणाको सिनेमा ‘जय परशुराम’मार्फत नेपाली सिनेमामा कमब्याक गरे । तर उनलाई यो सिनेमामा दर्शकले साथ मिलेन । यो सिनेमा चलेन । सिनेमा नचलेपछि विराज फेरि …

पुरा पढ्नुहॊस »

मध्यभोटेकोसीले कात्तिक २८ बाट कर्मचारीका लागि सेयर निष्कासन गर्ने

काठमाडाैं । मध्यभोटेकोसी जलविद्युत कम्पनीले आगामी कात्तिक २८ गतेबाट कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासनको तयारी गरेको हो । पहिलो चरणमा १ सय रुपैयाँ अंकित १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक मणी काफ्लेले बताए । निष्कासन हुने सेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचित …

पुरा पढ्नुहॊस »

तामाकोशीमा लगानीकर्ताको आर्कषण

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा शुक्रबारसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको हो । “सरकारी …

पुरा पढ्नुहॊस »

कांग्रेस विधानमा थपिँदैछन् ७ नयाँ प्रावधान

काठमाडाैं । आगामी मंसिरमा तय भएको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा लेखनलाई अन्तिम चरणमा पुर्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा मधुसुधन भटट्राईले लखेका छन् । केन्द्रमा उम्मेदवार हुन बुथ समितिबाटै निर्वाचित हुनुपर्ने, सदस्यता मतदाता नामावली भएकै स्थानबाट मात्रै लिने व्यवस्था, क्रियाशील सदस्यता र साधारण सदस्यताको प्रावधान हटाएर एकै किसिमको सदस्यताको व्यवस्था, टिकट बाँड्ने संसदीय समिति …

पुरा पढ्नुहॊस »

२९ वर्षमै ९ सन्तान ! ४०-४२ वर्षमै हुन्छ चेपाङ महिलाको मृत्यु

काठमाडाैं । पिठ्युँमा ७ महिने नानी र अगाडि १७ महिने छोरा बोकेर गत साता मकवानपुरको कैलाश गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा आएकी ज्योतिमाया चेपाङ भर्खर २९ वर्षकी भइन् । तर उनी नौ वटा बच्चाकी आमा बनिसकेकी छन्। नौमध्ये सात जीवित छन्। यो खबर आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले लेखेका छन्। १३ वर्षको उमेरमा विवाह गरेकी ज्योतिका सात महिनादेखि १० वर्षसम्मका बालबचच्चा छन्। १४ वर्षमा पहिलो सन्तान जन्माएकी ज्योतिमा अहिले श्वासप्रश्वास र आङ …

पुरा पढ्नुहॊस »