नेइमार र एम्बाप्पे चम्कँदा पीएसजीको लगातार १२ औं जित

काठमाडाैं । युवा फरवार्डद्वय नेइमार र किलियन एमबाप्पे चम्कँदा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिगको १२ खेलसम्म लगातार जित निकालेको छ । शुक्रबार भएको लिग वान अन्तर्गतको खेलमा लिललाई २-१ ले हराउँदै लगातार १२ औं जित निकालेको हो ।

पीएसजीलाई जिताउन नेइमार र किलियन एमबाप्पेले समान एक-एक गोल गरे । खेलको अन्तिम समय तिर लिलले सान्त्वना गोल फर्कायो । पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा पिएसजीले गोल गरेको हो । खेलको ७० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाए। खेलको ८४ औं मिनेटमा नेयमारले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

निकोलस पेपेले खेलको अन्तिम मिनेटमा पेनाल्टी मार्फत लिलका लागि गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त रहेन । यो जितसँगै पीएसजीले १२ खेलबाट सतप्रतिशत ३६ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लिलको २५ अंक छ ।

योसँगै युरोपियन क्लब फुटबलमा पिएसजीले ५८ वर्ष पुरानो कीर्तिमान तोडेको छ । पिएसजीले इंग्लिश क्लब टोटेनहमले बनाएको ११ खेलमा लगातार जितको कीर्तिमान उछिनेको हो । टोटेनह्यामले सन् १९६०/६१ को सिजन लगातार ११ खेलमा जित निकाल्दै उक्त कीर्तिमान बनाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस