तालिबानका ‘गडफादर’ मौलाना समी उल हकको हत्या

काठमाडाैं । पाकिस्तानमा जमियत उलेमा–ए–इस्लामका शाखाका प्रमुख मौलाना समी उल हकको रावलपिण्डीमा रहेको आफ्नै घरमा हत्या गरिएको छ । मौलाना समी उृल हकलाई पाकिस्तानमा तालिबानको जनक पनि मानिन्छ । उनी एक प्रभावशाली धर्मगुरु रहेका थिए । उनले हजारौँ तालिबानी लडाकूलाई तालिम पनि दिएका थिए ।

पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार साँझ उनकै घरमा पसरे आक्रमणकारीहरुले आक्रमण गरेका थिए । मौलाना समी उल हक ० वर्ष नाघिसकेका थिए । उनी सन् १९८ देखि खारुल उलूम हक्कानियाका अध्यक्ष रहेका थिए । यो मदरसाबाट हजारौँ तालिबानी लडाकूले इस्लामिक शिक्षा हासिुल गरेका थिए ।सन् १९९० को दशकमा उनको मदरसालाई अफगानी जिहादीको नर्सरी भनिन्थ्यो । राजनीतिक विश्लेषकहरुका अनुसार मौलाना समी उल हक तालिबानका प्रभावशाली नेता थिए । मौलाना समी उल हकले मुल्ला उमरलाई आफ्नो उत्कृष्ट छात्रको रुपमा लिएका थिए । उमरलाई उनले ‘स्वर्गबाटै आएका दूत’ रुपमा लिएका थिए । यसै वर्ष पाकिस्तानमा भएको आम चुनावमा मौलाना समी उल हकले सत्तारुढ दल तहरीक–ए–इन्साफ पार्टीको समर्थन गरेका थिए ।

एकदमै प्रभावशाली धर्मगुरु मौलाना समी उल हकको हत्या संवेदनशील समयमा भएको बताइएको छ । इशनिन्दाको आरोपमा जेलमा रहेकी इसाई युवती आसिया बिबीलाई रिहा गरिएपछि पाकिस्तानमा विभिन्न धार्मिक समूहले प्रदर्शन गर्दै आएका छन् । मौलानाका परिवारका अनुसार उनी पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले रोकेपछि उन घर फर्किएका थिए । मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकमा एक धार्मिक परिवारमा भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस