News desk

साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने गिरी पक्राउ

काठमाडौं । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । अन्जेशले बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ र साउथ अफ्रिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ ।

पुरा पढ्नुहॊस »

एनएमबी बैँकले घटायो ब्याजदर, कुन खातामा कति ?

काठमाडाैँ । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले आज (मंसिर २५ गते)बाट नै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैँकले यसअघिका कारोबारभन्दा घटाएर नयाँ ब्याजदर सार्बजनिक गरेको छ। बैँकले साधारण बचतखाता न्युनतम ४ दशमलव ६० प्रतिशतदेखि अधिकतम ६ दशमलव ६० प्रतिशत ब्यादर दिने जनाएको छ। बैँकले व्यक्तिगत मुद्दति निक्षेपमा न्युनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। त्यसैगरी बैँकले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ देखि …

पुरा पढ्नुहॊस »

सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय घटेको हो । यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई लघुवित्तले गर्‍यो लाभांश घोषणा

काठमाडाैँ । ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ८९ लाख रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ।

पुरा पढ्नुहॊस »

एलआईसी नेपालको डीसीईओमा ए. दत्ता नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा ए. दत्ता नियुक्त भएका छन् । कम्पनीका डीसीईओ टी. वर्णवालको कार्यकाल पूरा भई भारतको मुम्बई सरुवा भएपछि एलआईसी अफ इण्डियाले दत्तालाई नियुक्त गरेको कम्पनी सचिव सुदर्शन गिरीले जनाएका छन् । दत्ता एलआईसी अफ इण्डियाको कोलकत्ता स्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एण्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर पदमा थिए । नव नियुक्त डीसीईओ दत्तासँग गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता छ …

पुरा पढ्नुहॊस »

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । गौतमको पदावधि अझै ८ महिना बाँकी थियो । स्रोतकाअनुसार उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । राजीनामाको कारण भने खुलाइएका छैनन् । गौतम २०७७ वैशाख २२ गते संघीय संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए । उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश …

पुरा पढ्नुहॊस »

काठमाडौं विश्वविद्यालयले स्थापना दिवस तथा दीक्षान्त कार्यक्रम आयोजना गर्ने

धुलिखेल । काठमाडौं विश्वविद्यालयले यस हप्ता आफ्‌नो स्थापना दिवस तथा दीक्षान्त समारोहका कार्यक्रम आयोजना गर्ने भएको छ । विश्वविद्यालयले ३२औं स्थापना दिवसको अवसर पारेर सोमबार स्थापना दिवस तथा बुधबार, मङ्सिर २७ गते दीक्षान्त कार्यक्रम आयोजना गर्न लागेको हो । विश्वविद्यालयले यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । स्थापना दिवस समारोहमा विशिष्ट तीन विशिष्ट विद्वानहरूको अभिनन्दन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । अभिनन्दित हुनेमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन …

पुरा पढ्नुहॊस »

भारतको जोगबनीमा नेपाली युवक ‘निर्दोष’माथि गोली प्रहार

काठमाडौँ । भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर-८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए । उनकाअनुसार उपभोग्य खाद्यवस्तु खरिदका …

पुरा पढ्नुहॊस »

हङकङ ट्रेल रेसमा धाविका सुनमायाले बनाइन् नयाँ कीर्तिमान

काठमाडौं । हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छिन् । सुनमायाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी हुन् । हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी हुन् । यो कीर्तिमानले उनलाई शीर्षस्थानमा …

पुरा पढ्नुहॊस »