News desk

भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधवार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, उपसचिव र शाखा अधिकृतबाट दुई र सोभन्दा तलका कर्मचारीबाट एक दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय …

पुरा पढ्नुहॊस »

जाजरकोटमा पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधवार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए ।

पुरा पढ्नुहॊस »

काठमाडौंका यी ठाउँमा बत्ती गयो

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले आज विद्युत् आपूर्ति प्रभावित तथा बन्द भएको हो । बिहीबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट …

पुरा पढ्नुहॊस »

रोकिराखेको ट्रकसँग ठोक्किएर एम्बुलेन्स दुर्घटना

काठमाडौँ । सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज १ च ८२४ नम्बरको एम्बुलेन्स बिहान विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा ३ ख ६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी …

पुरा पढ्नुहॊस »

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य स्थिर रहेको हो । बुधबार सुन प्रतितोला १ लाख १९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज पनि सुन सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री लिएर दुबई उडेको जहाजको टिकट काटेका ३१ यात्रु छुटे

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर दुबई जाने क्रममा ३१ यात्रुलाई काठमाडौंमै छाडेको छ । नेपाल एयरलाइन्सको बुधबार रातिकाे उडानको टिकट काटेका ३१ यात्रु काठमाडौंमै छुटेका हुन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली बुधबार राति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गर्ने तालिका थियो । …

पुरा पढ्नुहॊस »

विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन कुन रोगमा पाइन्छ सहुलियत ?

काठमाडौँ । सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने । विपन्न नागरिकको उपचार स्वास्थ्य बिमा कार्यक्रमले गर्दै आए पनि अहिले बिमा कार्यक्रम केही समय राम्रोसँग सञ्चालन हुन नसकेपछि पुनःनिर्देशिका …

पुरा पढ्नुहॊस »

विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षमा निधन

एजेन्सी । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । उनको १०० वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै घरमा निधन भएको हो । किसिन्जरलाई राजनीतिज्ञ र प्रसिद्ध कूटनीतिज्ञका रूपमा चिनिन्छ । उनले राष्ट्रपति रिचर्ड एम. निक्सन र जेराल्ड फोर्डको शासनकालमा अमेरिकी विदेश नीतिमा अभूतपूर्व काम गरेका थिए । उनी विदेशमन्त्री हुनुका साथै ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । यी दुवै पद एकै साथ सम्हालेका किसिन्जर एक मात्र नेता हुन् …

पुरा पढ्नुहॊस »

समाचार हेर्दै रात बिताउँछन् विपिनका बुवाआमा

काठमाडौँ । इजरेल र हमासबीच जारी अस्थायी युद्धविरामको छैटौँ तथा अन्तिम दिन अवधि थप गर्ने गरी सम्भावित नयाँ सहमतिका लागि कतारमा वार्ताहरू भइरहेका छन् । प्रारम्भिक सङ्घर्ष विराम यसअघि नै दुई दिनले लम्बिइसकेको छ । सम्भावित सहमतिका विषयमा अमेरिका, इजरेल र इजिप्टका गुप्तचर प्रमुखहरूले कतारका प्रधानमन्त्रीसँग दोहामा छलफल गरेका छन् । मङ्गलवार कतारको विदेश मन्त्रालयले गाजा क्षेत्रमा ुलामो सङ्घर्षबिरामु र त्यसपछि स्थायी युद्धविराम हुने गरी काम गरिरहेको जनाएको थियो । …

पुरा पढ्नुहॊस »

नेताहरूप्रति बालेनको आक्रोश : ‘मिसन–८४’ ले देश बन्दैन, तिमीहरूलाई सक्काएर बन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सक्काएर बन्छ ।’

पुरा पढ्नुहॊस »