एलआईसी नेपालको डीसीईओमा ए. दत्ता नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा ए. दत्ता नियुक्त भएका छन् ।

कम्पनीका डीसीईओ टी. वर्णवालको कार्यकाल पूरा भई भारतको मुम्बई सरुवा भएपछि एलआईसी अफ इण्डियाले दत्तालाई नियुक्त गरेको कम्पनी सचिव सुदर्शन गिरीले जनाएका छन् ।

दत्ता एलआईसी अफ इण्डियाको कोलकत्ता स्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एण्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर पदमा थिए । नव नियुक्त डीसीईओ दत्तासँग गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ क्यापिटलको सीईओमा मनीष घिमिरे नियुक्त

काठमाडाैं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनीष घिमिरेलाई नियुक्त गरेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after