ग्लोबल आईएमई लघुवित्तले गर्‍यो लाभांश घोषणा

काठमाडाैँ । ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जसअनुसार कम्पनीले कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ८९ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री