सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस