सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री