संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

गौतमको पदावधि अझै ८ महिना बाँकी थियो । स्रोतकाअनुसार उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । राजीनामाको कारण भने खुलाइएका छैनन् । गौतम २०७७ वैशाख २२ गते संघीय संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए ।

उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए । संघिय संसदका सचिव रहेका पदमप्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस