News desk

यती एअरलाइन्सको २४ वर्ष, १० लाखबढी यात्रुलाई सेवा

काठमाडौँ । वायुसेवा कम्पनी यती एअरलाइन्सको हवाई यात्रा २४ वर्ष पूरा भएको छ । तत्कालीन हवाई विभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भएपनि २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यती एअरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वार्षिक उत्सवको रूपमा मनाउने गरेको हो । नेपालमा हवाई सेवाको विकासमा महत्त्वपूर्ण योगदान रहेको यस एअरलाइन्सको शुरूवात २ वटा ट्विनअटर वायुयान बाट भएको थियो । …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । केही दिनदेखि सुनको मूल्यमा उतारचढाव भइरहेको छ। अघिल्ल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो । मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ बजार मूल्य थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार एक …

पुरा पढ्नुहॊस »

पोखरामा एटिएम फुटाउँदा-फुटाउँदै एक जना पक्राउ

काठमाडाैं । पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो ।

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ३९ पैसा र बिक्री दर १२७ रुपैयाँ ९९ पैसा रहेको …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको नक्सालमा क्यास डिपोजिट मेसिन

काठमाडाैं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। उक्त मेसिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सकिनेछ। यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ। हाल उक्त मेशिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन्। यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्। हाल यो …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन : उपेन्द्र यादव

काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको उल्लघंन भएको बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई/दुईपटक पारित भएर राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनको भनाइ छ । ‘संसदको दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार हो,’ …

पुरा पढ्नुहॊस »

सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

काठमाडाैं । बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । करिब ५ सयको सख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताए …

पुरा पढ्नुहॊस »

एक हजार ४१ उम्मेदवारमध्ये ६३ जनाले मात्र बुझाए निर्वाचन खर्च

काठमाडाैं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानून बमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विबरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारवाही गर्ने निर्णय गरेको छ । आयोगले गत भदौ ३१ गते उक्त निर्णय गर्दै निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई निर्णय भएको मितिबाट ६ बर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बमोजिम जरिवाना बापतको रकम सरकारी …

पुरा पढ्नुहॊस »

अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो । ‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिको कदमपछि सत्तारुढ र मधेसवादी दलका नेता रुष्ट

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति एकाएक तरङ्गित भएको छ । सामाजिक सञ्जालमार्फत आम सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले यो प्रसङ्गमा आफ्नो धारणा राख्न थालेका हुन् । एमाले, राप्रपासहित केही दलका नेताले सकारात्मक कदम भनेका छन् भने सत्तारुढ र मधेसवादी दलका नेता रुष्ट छन् ।  संसद्ले दोस्रो पटक पनि पारित गरेर पठाएको विधेयक राष्ट्रपतिबाट अस्वीकार हुने परिस्थितिको परिकल्पना संविधानले नगरेको जिकिर गर्दै उनीहरूले आलोचना …

पुरा पढ्नुहॊस »