काठमाडौं । केही दिनदेखि सुनको मूल्यमा उतारचढाव भइरहेको छ। अघिल्ल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो । मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ बजार मूल्य थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार एक सय ७० रुपैयाँ कायम छ । मंगलबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो । पछिल्लो समय चाडपर्वले सुनको मागमा वृद्धि हुन थालेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
तपाईंको प्रतिकृया



