News desk

ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची

एजेन्सी । सम्पत्ति शुद्धीकरण मामिलामा वलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैयाँको चन्दा असुली गरेपछि ज्याकलिन पनि यो मामिलामा तानिएकी हुन् । प्रहरीले ज्याकलिनलाई सुकेशको प्रेमी भएको दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले बुधबार ज्याकलिनलाई २०० करोड असुली मामलामा सुकेशसँग जोडिएका विविध प्रश्न सोध्ने तयारी …

पुरा पढ्नुहॊस »

महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्‍याइयो

एजेन्सी । महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैजाँदा भव्य स्वागत गरिएको थियो । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिएको थियो । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् । उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ । अन्तिम …

पुरा पढ्नुहॊस »

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । दशैंका लागि आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक व्यक्तिले १८ हजार ५ सयसम्म साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने २ …

पुरा पढ्नुहॊस »

काठमाडौँमा एकैदिन २,५४९ सवारी चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने २,५४९ जना चालक कारबाहीमा परेका छन् । पछिल्लो २४ घण्टामा उनीहरुलाई ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २१४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६९ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३६ जना र तीव्र गतिमा सवारी साधन चलाउने २७ जना रहेका …

पुरा पढ्नुहॊस »

जबराले नाम लिएकाहरूलाई बोलाउँदै महाअभियोग सिफारिस समिति

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएकाहरूलाई बोलाउने भएको छ । भर्खरै सम्पन्न सिफारिस समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले उनीहरूलाई पत्राचार गरिने भएको छ । ‘चोलेन्द्रले नाम लिएका पूर्व न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूलाई बैठकमा बोलाउँछौँ,’ उनले भने, ‘ज-जसको नाम आएको छ उनीहरूलाई बोलाउने बैठकले निर्णय गर्‍यो । उनीहरूलाई पत्राचार गर्दैछौँ ।’ बहालवाला न्यायाधीशलाई …

पुरा पढ्नुहॊस »

प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन तथा शुभकामना दिएका थिए । राजदुत बेरी आफ्नो कार्यकाल पुरा गरेर अमेरिका फर्किदैछन् ।

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभाको बैठक दुई घण्टा सारियो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै १ बजेका लागि सारिएको हो । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ । कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ …

पुरा पढ्नुहॊस »

करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

काठमाडाैँ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्रै स्थानीयवासी झस्किए । साबिकको पाँचखाल गाउँ विकास समिति वडा नं. ४ र ७ हालको पाँचखाल नगरपालिका वडा नं. ३ र ६ को सिमानामा रहेको गौचरन, पानीघाट तथा मृत्यु संस्कारमा प्रयोग हुने जग्गालाई भू–माफियाले …

पुरा पढ्नुहॊस »

उम्मेदवार फेर्न अवसरै अवसर

काठमाडाैँ । एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी गठबन्धन तयारीमा छन् । निर्वाचन आयोगले तय गरेको समानुपातिक निर्वाचन कार्यक्रममा गठबन्धनसँगै अन्य दलले समेत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन अर्थात् २२ असोजसम्म समानुपातिकतर्फको उम्मेदवार हेरफेर गर्ने घुमाउरो अवसर पाएका छन् । आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन २ र ३ असोजको …

पुरा पढ्नुहॊस »