News desk

घोडाघोडीमा अज्ञात समूहद्वारा गठबन्धनले प्रयोग गर्ने गाडी तोडफोड

काठमाडौँ । कैलालीको घोडाघोडीमा गठबन्धनले चुनाव प्रचारमा प्रयोग गर्ने गाडीमा तोडफोड गरिएको छ । निर्वाचन-३ प्रदेश सभा क्षेत्र ‘ख’मा सत्तारुढ-गठबन्धनका साझा उम्मेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो । आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डी गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको छ । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडि भागको सिसा फुटेको प्रहरीले जनाएको छ । आइतबार राति ८ …

पुरा पढ्नुहॊस »

आशिकी पोस्टरमा किन लुकाइए राहुल र अनु ?

एजेन्सी । अभिनेता राहुल रोय र अभिनेत्री अनु अग्रवालको फिल्म ‘आशिकी’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्म र यसको गीतले ३२ वर्षपछि पनि त्यति नै चर्चा कमाएको छ, जति रिलिजको समयमा थियो । फिल्मले ३२ वर्ष पुरा गरेको मौका पारी फिल्मका अभिनेता राहुल रोय, अभिनेत्री अनु अग्रवाल र अर्का अभिनेता दीपक तिजोरीसँगै गायक कुमार गायन सानू रियालिटी शो ‘इण्डियन आइडल १३’ मा पुगेका थिए । यही समयमा …

पुरा पढ्नुहॊस »

प्रभु साहलाई सहयोग गरेको भन्दै पाँच जनप्रतिनिधिलाई एमाले सोध्यो स्पष्टीकरण

काठमाडौँ । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेको कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ । प्रभु साहको श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नपाको मेयर कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको छ । एमालेले २४ घण्टाभित्र स्पष्टीकरण बारे …

पुरा पढ्नुहॊस »

सिरहामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

मुक्तिनाथ देवघाट (News)

काठमाडाैँ । सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना दाजु–भाइ रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो । इँट्टा उद्योग नजिकै …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.३८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली …

पुरा पढ्नुहॊस »

दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भिर घाइते

काठमाडाैं । दार्चुलामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भिर अवस्थामा छन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेको एमालेका कायर्कर्ताबीच झडप भएको हो । झडपमा परी नौगाड–६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड–५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी …

पुरा पढ्नुहॊस »

सर्वोच्चमा सुनुवाइ सर्दा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा असर !

काठमाडौं । विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ हुन नसक्दा नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारणमा असर पुग्न सक्ने देखिएको छ । विश्वकप प्रसारण गर्न नेपालका लागि अधिकार पाएको मिडिया हबले ग्राहकसँग अतिरिक्त शुल्क लिन खोजेको भन्दै अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ गते शुल्क लिएर गरिने प्रसारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आदेश संशोधनको माग गर्दै …

पुरा पढ्नुहॊस »

इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि

काठमाडौं – ईङल्याण्डले टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा ईङल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछाएको ईङल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ईङल्याण्डको लागि बेन स्टोक्सले सर्बाधिक ५२ रन बनाएका थिए । स्टोक्सले उत्कृष्ट ब्याटिंग गर्दै ४९ बलमा अविजित ५२ रन बनाएका थिए । कप्तान जोस बटलरले २६ रन बनाए भने …

पुरा पढ्नुहॊस »

तीन महिनामा ८६ अर्ब बढी अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको हो । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा अनुदान तर्फ ६ अर्ब ७१ करोड रुपैयाँ र ऋण सहायता तर्फ ७९ अर्ब ७० करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको छ …

पुरा पढ्नुहॊस »