सर्वोच्चमा सुनुवाइ सर्दा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा असर !

काठमाडौं । विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ हुन नसक्दा नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारणमा असर पुग्न सक्ने देखिएको छ ।

विश्वकप प्रसारण गर्न नेपालका लागि अधिकार पाएको मिडिया हबले ग्राहकसँग अतिरिक्त शुल्क लिन खोजेको भन्दै अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ गते शुल्क लिएर गरिने प्रसारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आदेश संशोधनको माग गर्दै मिडिया हवले निवेदन दिएपछि गत शुक्रबार विश्वकपसम्बन्धी मुद्दाको पेशी तोकेको थियो । तर, अन्तिममा समयमा हेर्न नभ्याइने भन्दै पेशीबाट यो मुद्दालाई हटाइएको छ ।

त्यस्तै आइतबार विश्वम्भर श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा परेको यो मुद्दा फेरि पनि हेर्न नभ्याइने भन्दै हटाइएको छ । नेपालका लागि मिडिया हबले विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार लिएको छ । फिफा विश्वकप फुटबल यस बर्ष कतारमा आगामी मङ्सिर ४ गतेबाट शुरु हुदै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री