News desk

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान् ?

काठमाडौं । यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो । समानुपातिकतर्फसमेत मतगणना सकिने तर्खरमा छ । समानुपातिकतर्फको पछिल्लो अपडेटअनुसार एमाले पहिलो दलको रूपमा देखापरेको छ । उसले २७ लाख ७४३ हजार ९९९ मत ल्याएको छ । नेपाली कांग्रेस २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा छ । माओवादी केन्द्र …

पुरा पढ्नुहॊस »

डा. तोसिमाले दिइन् मेडिकल काउन्सिलबाट राजिनामा

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् । उनले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन् । काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको भन्दै उनलाई निर्वाचन आयोगले पटक पटक कारवाही गर्न खोजेको थियो । उनको उम्मेदवारी खारेज गरेको थियो । तर, तोसिमाले अदालतबाट उम्मेवारी सदर भएको थियो । उनी राष्ट्रिय स्वतनत्र पार्टी(रास्वपा)बाट …

पुरा पढ्नुहॊस »

दिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

एजेन्सी । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको …

पुरा पढ्नुहॊस »

सुनको भाउ प्रतितोला ९९ हजार नौ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सनुको मूल्य बढेर एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । गत कारोबार दिन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको आज तोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज प्रि-क्वाटरफाइनलका दुई खेल

काठमाडाैँ । कतार फिफा विश्वकप २०२२ अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ । जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो । अर्को खेलमा पाँच पटकको च्याम्पियन ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ । खेल स्टेडियम …

पुरा पढ्नुहॊस »

दोलखामा पराजयपछि एमाले जिल्ला सचिवले दिए राजीनामा

काठमाडाैँ । पार्टीले दोलखाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि नेकपा एमालेका जिल्ला कमिटी सचिव हिराकुमार तामाङले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटीको सचिवबाट राजीनामा घोषणा गर्दछु ।’ तामाङ मैलुङ गाउँपालिकाका अध्यक्ष पनि हुन् । दोलखाको प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटी पराजित भएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका गङ्गा …

पुरा पढ्नुहॊस »

१६५ वटै क्षेत्रको नतिजा आयो, कहाँबाट को निर्वाचित ? (सूचीसहित)

काठमाडौँ । यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका …

पुरा पढ्नुहॊस »

दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी

काठमाडाैँ । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३१८ रहेको छ । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाए पनि जित्न सकेनन् …

पुरा पढ्नुहॊस »

‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

काठमाडौँ । विश्वकप फुटबलमा राउण्ड १६ का खेलहरू जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी फ्रान्सका किलियन एम्बाप्पे पुगेका छन् । एम्बाप्पेले राउण्ड १६ को खेलमा पोल्याण्डविरुद्ध २ गोल गरेर यस विश्वकपमा कुल ५ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी पुगेका हुन् । एम्बाप्पेले २०१८ को विश्वकपमा कुल ४ गोल गरेका थिए भने यस विश्वकपका ४ खेलमा ५ गोल गरिसकेका छन् । अब फ्रान्स क्वाटरफाइनलमा पुगिसकेकाले यस विश्वकपको …

पुरा पढ्नुहॊस »

बिहानै सरकारी गाडी लिएर ब्याडमिन्टन खेल्न हिँडेका प्रदेश सचिवले स्कुल बसलाई ठक्कर दिएपछि…

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको छ । सोमबार बिहानै उनी सवार से १ झ २७६ नम्बरको सरकारी गाडी सैनिक आवासीय महाविद्यालयको विद्यार्थी बोकेको बससँग ठोक्किएको हो । सचिव बोगटी कार्यालय समय अगाडि नै सरकारी गाडीमा ब्याडमिन्टन खेल्न गइरहेका बताइएको छ । धनगढी उपमहानगरपालिका-५ हसनपुरमा उनी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको हो । बोगटीले ओभरटेक गर्ने क्रममा स्कारपियो महाविद्यालयको बससँग ठोक्किएको र …

पुरा पढ्नुहॊस »
This will auto close after