काठमाडौं । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत गुल्मी क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी ३३ हजार ७ सय ४४ मत ल्याई विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीपकुमार ज्ञवालीलाई एक हजार ५ सय ९२ मतान्तरले पराजित गरेका हुन् ।
पराजित प्रदीपकुमार ज्ञवालीले ३२ हजार एक सय ५२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले एक हजार ८ सय ८२ मत प्राप्त गरे ।
तपाईंको प्रतिकृया




