राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्ने बेला भयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब राजनीतिक मूल्य मान्यता, दर्शन र सिद्धान्तमा चलेका दलहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गोरखाली जनतालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मूल्य मान्यता र सिद्धान्तमा चलेका दलहरुले कहाँनिर कमजोरी भयो भनेर हेर्नुपर्ने बताए भएको उनले बताएका छन्,’ उनले भने, ‘त्यसो नगर्ने हो भने देश भड्खालोमा पर्नेवाला छ ।’

उनले गोरखाबाट विकासको नयाँ युगको सुरुवात गर्ने बताए । गोरखामा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी बहुउद्देश्यीय आयोजना, साना र मझौला आयोजनाहरु अघि बढाउने उनले बताए ।

त्यस्तै, गोरखामा कृषि क्षेत्रमा क्रान्ति ल्याउने समेत सपना उनले सुनाए । चेपेखोला, बुढीगण्डकीलगायत नदीको पानी सदुपयोग गरेर कृषिमा क्रान्ति ल्याउने, कृषिमा डिजिटल प्रविधिको प्रयोग गर्ने समेत उनले सुनाए ।

गोरखकाली रवर उद्योग पुनः सञ्चालनमा ल्याउने, युवालाई रोजगारी दिने योजनाहरु ल्याउने जस्ता योजना सुनाए ।

‘तपाइँहरुको प्रतिनिधि भएर संसद छिर्दै गर्दा मैले जीवनको अन्तिम अवस्थामा आफ्नो जिम्मेवारीको रुपमा महसुस गरेको छु,’ उनले भने, ‘चुनावी परिणाम सुखद् नै छ हाम्रालागि । तर, केही नसोचेको परिणाम पनि आए ।’

पछिल्लो चुनावी परिणामबारे गठबन्धनको बैठक बस्ने पनि उनले सुनाए । ‘गठबन्धन दलको बैठक बसेर केही काम गर्ने पर्ने भएको छ,’ उनले भने ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी

काठमाडाैं । नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने …

प्रतिकृया दिनुहॊस