News desk

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौँ । यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय (जेठ १८ देखि असोज १३गते) को हावापानी आकलन प्रक्षेपण गरेको हो । विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरु हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको …

पुरा पढ्नुहॊस »

टिकटकमा चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चरित्र हत्या आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङ छन् । उनलाई चितवन प्रहरीको सहयोगमा बुधबार पक्राउ गरेको हो । उनले टिकटकमा पीडितको फोटो र भिडिओ बिगारेर अश्लिलतासहित प्रसारण गरेको आरोप छ । त्यसरी …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा संघीय संसद्‌मा दुई सचिव नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा दुई जना सचिव नियुक्त गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । यी दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । यसअघिका प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा …

पुरा पढ्नुहॊस »

इसेवाले ल्यायो एकमा चार अफर

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत दैनिक रू एक (रू १) भन्दा कम रूपैयाँमै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ । यस अफरमा सहभागी हुन दैनिक रू एक (रू १) भन्दा कम अर्थात् वार्षिक ३ …

पुरा पढ्नुहॊस »

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २०२ जना सक्रिय संक्रमित रहेका छन् ।

पुरा पढ्नुहॊस »

पदबहाली गर्दै मन्त्री गुरुङले भने- न्याय चुस्त र दुरुस्त बनाउँछु

काठमाडौं । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिहीबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति भवनबाट सिंहदरबारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरे । मन्त्री गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाएका हुन् …

पुरा पढ्नुहॊस »

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडाैं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । वैशाख १४ गते माओवादी र एकीकृत समाजवादीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । पाण्डेको पक्षमा ३५ मत परेको छ भने विपक्षमा २२ मत परेको छ । २ मत तटस्थ छ । राप्रपाले मतदान गरेन । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृतका १ सांसदले मतदान गरेका हुन् । एमालेका २२ जनाले विपक्षमा मतदान गरे । विश्वासको मत सँगै …

पुरा पढ्नुहॊस »

नेसनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ चैतमा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदीमा सञ्चालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख …

पुरा पढ्नुहॊस »

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाली कांग्रेसबाट बुधबार नियुक्त भएका ३ जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार दिउँसो उनीहरुले शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले शपथ लिएका हुन् । तीनै जना मन्त्रीले आजै जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

पुरा पढ्नुहॊस »

बेस्ट पर्फर्मेन्स प्लेयर ‘पोको एम फाइभ’ अब छुट मूल्यमा

काठमाडौं । इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि पोको एम फाइभ छुट मूल्यमा उपलब्ध गराउने भएको छ । पोको एम फाइभ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाज्युले भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई …

पुरा पढ्नुहॊस »