News desk

ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन् । उनले सन्देशमा भनेका छन्, ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न चाहन्छ ।’ …

पुरा पढ्नुहॊस »

मधेसमा जनमतको संसदीय दलको नेतामा यादव

काठमाडाैँ । जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् । उनलाई पार्टीका नेताले सर्वसहमत दलको नेतामा चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएकी छन् । जनमत पार्टीको मधेस प्रदेशमा ६ जना …

पुरा पढ्नुहॊस »

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

काठमाडौं । लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथ ग्रहण गर्दैछन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । नव निर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने छन्। लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभातर्फ …

पुरा पढ्नुहॊस »

आज नेपाली टोपी दिवस मनाइँदै

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन आज नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको छ । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली …

पुरा पढ्नुहॊस »

सरकारमा जाने/नजाने आज एकीकृत समाजवादीले निर्णय गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज सरकारमा जाने वा नजानेबारे निर्णय गर्ने भएको छ । पार्टीको हिजोको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम शुरु भएको र सरकारबारे निर्णय हुने नेताहरूले बताएका थिए । सरकारबारे ‘पर्ख र हेर’ को नीति लिएको समाजवादीले स्थायी कमिटी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय गर्ने जनाइएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागिताबारे अहिलेसम्म निर्णय भइनसकेको बताएका छन् । एकीकृत समाजवादीमा सरकारमा जानेबारे पार्टीमा दुई थरी …

पुरा पढ्नुहॊस »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तरगतको परियोजना : चीन

काठमाडाैँ । पोखरामा निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गर्ने तय भएको हाे । उद्घाटन हुन लागको विमानस्थल निर्माण ऋण सहयोग गरेको चीनले यो परियोजना उसको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतको भएको बताएको छ । तर, नेपालले भने चिनियाँ ऋण सहयोग बीआरआईअन्तरगतको नभएको बताएको छ । नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना साकार भएको भन्दै काठमाडौंस्थित …

पुरा पढ्नुहॊस »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज, अन्तर्राष्ट्रिय उडान तत्काल नहुने

काठमाडाैँ । पोखरामा निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गर्ने तय भएको हाे । विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । महानगरले शनिबार एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक संघसंस्था बन्द हुने जनाएको छ । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ७८ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६३ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

नयाँ वर्ष २०२३ लाई विश्‍वभर भव्‍य स्वागत

काठमाडाैँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् …

पुरा पढ्नुहॊस »

डा. महतले मलाई झम्टेको होइन, फरक तरिकाले बहस भएको मात्र हो : पूर्णबहादुर खड्का

काठमाडाैँ । गठबन्धन भत्किएर कांग्रेसले मुखैको सत्ता गुमाएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतबीच चर्काचर्की भएको चर्चाको एक हप्तापछि सो विषयमा खड्काले मुख खोलेका छन् । गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा खड्का र महतबीच चर्काचर्की भएको समाचारहरू आएका थिए । सो विषयमा उपसभापति खड्काले शनिबार दिउसो ट्वीट गर्दै प्रष्टीकरण दिएका छन् । उनले त्यस दिन आफूमाथि डा. महतले झमुटेको र हातपातको कोसिस गरेको भन्ने समाचार झुटो भएको …

पुरा पढ्नुहॊस »