काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चरित्र हत्या आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङ छन् । उनलाई चितवन प्रहरीको सहयोगमा बुधबार पक्राउ गरेको हो ।
उनले टिकटकमा पीडितको फोटो र भिडिओ बिगारेर अश्लिलतासहित प्रसारण गरेको आरोप छ । त्यसरी छवीमा आँच पुर्याउने, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
तपाईंको प्रतिकृया




