नेसनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ।

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ चैतमा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदीमा सञ्चालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका प्रमुखसहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल ४ सय जनाभन्दा बढी वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए।

साथै, प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्ताहरूको सम्मान कार्यक्रम आयोजनासमेत गरिएको थियो। सो अवसरमा उपस्थित अभिकर्ताहरूलाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक मनोज भट्टराईबाट उत्प्रेरणा तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएकोे थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफको सुविधायुक्त ‘डाइनामिक क्यूआर’ सेवा सञ्चालनमा

काठमाडौँ । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको …

प्रतिकृया दिनुहॊस