काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने/नहुने भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय लिने भएको छ । अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने जनाइएको छ । रास्वपा प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति …
पुरा पढ्नुहॊस »टोपबहादुरको गाडी पिछा गर्दा चालक मात्र भेटिए
काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । बुधबार अर्घाखाँची पुगेका उनी पक्राउ पुर्जी जारी भएको सुनेपछि सम्पर्कविहीन भएका हुन् । अर्घाखाँचीबाट काठमाडौँ जान्छु भनी हिँडेका पूर्वमन्त्रीसमेत रहेका रायमाझी मोबाइल फोन ‘अफ’ गरेर सम्पर्कविहीन भएका छन् । उनले प्रयोग गर्दै आएको प्रदेश-३-०१-०२२ च-०५८२ नम्बरको टाटा हेक्सा गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको थियो । सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा …
पुरा पढ्नुहॊस »भिआइपी जोगाउन शीर्ष नेताबीच मोलमोलाइ
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ । ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारका उच्च पदस्थ अधिकारीतर्फ पनि सोझिएपछि उनीहरूलाई बचाउन शीर्ष तहका नेताहरूले मोलमोलाइ गर्न थालेका हुन्। शक्ति केन्द्रदेखि लिएर सत्ता र प्रतिपक्षीबीच मोलमोलाइ सुरू भएको स्रोत बताउँछ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका …
पुरा पढ्नुहॊस »प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक
काठमाडौँ । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बैठक बोलाइएको हो । बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।
पुरा पढ्नुहॊस »परराष्ट्रमन्त्री साउद लण्डनमा, राजा चार्ल्सको राज्यभिषेकमा सहभागी
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद लण्डन पुगेका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेकमा भाग लिनका लागि बिहीबार साँझ लन्डन पुगेका हुन् । मन्त्री साउद लण्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा उनलाई बेलायती विदेश मन्त्रीका विशेष प्रतिनिधिले एयरपोर्टको भीआईपी सुइटमा स्वागत गरेका थिए । उनलाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र उपप्रमुख रोशन खनाल विमानस्थल पुगेका थिए । परराष्ट्र मन्त्रीले शुक्रबार, मे ५, २०२३ मा बकिङ्घम प्यालेसमा विदेशी मन्त्रीहरूको सम्मानमा …
पुरा पढ्नुहॊस »नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैले उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन् । प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ …
पुरा पढ्नुहॊस »नक्कली शरणार्थी प्रकरणमा एक दर्जन व्यक्ति प्रहरीको निगरानीमा
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका आरोपीविरुद्ध संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘पक्राउ परेकाहरूको बयानका क्रममा आर्थिक कारोबार …
पुरा पढ्नुहॊस »गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे । उनले २५६७औँ बुद्ध जयन्तीको यस शुभ अवसरमा बुद्धको अहिंसात्मक …
पुरा पढ्नुहॊस »पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आजदेशका पहाडी भू–भागमा मौसम प्रतिकूल देखिएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने छ । देशका पहाडी …
पुरा पढ्नुहॊस »आज २५६७औँ बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध …
पुरा पढ्नुहॊस »