News desk

वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सङ्घीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको भन्दै विभिन्न माग राखेर कर्मचारी सङ्गठनहरुले आन्दोलनको सुरु गरेका थिए । नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती), एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आज संयुक्त अपिल गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको …

पुरा पढ्नुहॊस »

फरक ब्लड ग्रुपको मिर्गौला प्रत्यारोपणमा नर्भिक सफल

काठमाडौँ । मिर्गौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मिर्गौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि नै एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट हो । सामान्यतया मिर्गौला प्रत्यारोपणमा मिर्गौला फेल भएको व्यक्तिलाई उसैको ब्लड ग्रुपसँग मिल्ने व्यक्तिले मात्र मिर्गौला दिनसक्ने र त्यस्ता मिर्गौला मात्र प्रत्यारोपण हुँदै आएकोमा नर्भिकमा …

पुरा पढ्नुहॊस »

बाजुरामा भूकम्पको धक्का महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौँ । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भई आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भई तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

पुरा पढ्नुहॊस »

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । बुटवलमा बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले कञ्चनपुर कृष्णपुर नगरपालिका-७ कलुवापुर र डडेल्धुराको अजयमेरू गाउँपालिका-५ देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले वैशाख १५ गते शुक्रबार कलुवापुरमा १०१औँ र देवलदिव्यपुरमा १०२औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो। यी शाखारहित बैंकिङ सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या एक सय दुई पुगेको छ। बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ। सो शाखारहित …

पुरा पढ्नुहॊस »

बादलका छोरा प्रतिकको विज्ञप्ति- शरणार्थी प्रकरणको अनुसन्धानमा सघाउँछु

काठमाडौँ । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकले आफू निर्दोष रहेको दाबी गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् । अनुसन्धान प्रक्रियालाई भने सघाउने प्रतीकको प्रतिबद्धता छ । ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘तर, …

पुरा पढ्नुहॊस »

सन्दीप रायमाझीलाई लगियो म्याद थपका लागि अदालत

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ । बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

ब्याजदर घटाउन चेम्बर अफ कमर्स र उद्योग वाणिज्य महासंघले संयुक्त पहल गर्ने

काठमाडौं । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ। महासंघका नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्य समितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बधाई एवम् स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्बन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो। मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र …

पुरा पढ्नुहॊस »

कृष्ण र सुनिताको स्वरमा ‘मुटु रेटिन्छ’

काठमाडौं । कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक भएको छ । हम गैरेको शब्द, विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । हम गैरेकै निर्देशन रहेको गीतको भिडियोमा रवि गिरी, निक्स शर्मा, जुनु गुरुङ मुख्य पात्रको रूपमा देखिनुभएको छ भने अन्य कलाकारमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहनुभएको छ । …

पुरा पढ्नुहॊस »

निम्बसले किओच-काठमाडौं बाल अस्पताल निर्माणका लागि गर्‍यो आर्थिक सहयोग

काठमाडौं । निम्बसले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन गरिने किओच–काठमाडौं बाल अस्पताललाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। निम्बसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बाल अस्पताल भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो। मंगलबार निम्बसको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच निम्बसका अध्यक्ष आनन्द बगडियाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई उक्त सहयोग रकम हस्तान्तरण गरे। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवाका विभिन्न …

पुरा पढ्नुहॊस »