परराष्ट्रमन्त्री साउद लण्डनमा, राजा चार्ल्सको राज्यभिषेकमा सहभागी

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद लण्डन पुगेका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेकमा भाग लिनका लागि बिहीबार साँझ लन्डन पुगेका हुन् ।

मन्त्री साउद लण्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा उनलाई बेलायती विदेश मन्त्रीका विशेष प्रतिनिधिले एयरपोर्टको भीआईपी सुइटमा स्वागत गरेका थिए । उनलाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र उपप्रमुख रोशन खनाल विमानस्थल पुगेका थिए ।

परराष्ट्र मन्त्रीले शुक्रबार, मे ५, २०२३ मा बकिङ्घम प्यालेसमा विदेशी मन्त्रीहरूको सम्मानमा आयोजना गरिएको राजाको स्वागत समारोह र शनिबार, मे ६, २०२३ मा वेस्ट मिन्स्टरमा हुने राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको नेपाली दूतावास लण्डनले जनाएको छ ।

साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट पनि गर्ने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस