पूर्वमन्त्री थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण

काठमाडौँ । पूर्वमन्त्री एवं पूर्वराजदुत डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण भएको छ । मंगलवार काठमाडौँमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै लेखक थापाले परिवार र सद्भाव राख्ने मित्रहरूको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताए । उनले पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव रहेको बताए ।

उनले पुस्तकमा व्यक्तिगत धारणा नभई आफ्नो व्यावसायिक जीवनको दौडानमा राष्ट्रको लागि महत्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको बताए । उनले पुस्तकले आफूहरूको पुस्ताले गरेको प्रयासले नेपालको भविष्य निर्माणको लागि आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘मैले यो पुस्तक लेख्ने कल्पना पनि गरेको थिइनँ । तर परिवार र सद्भाव राख्ने मित्रहरूको निरन्तर प्रेरणा र आग्रहमा यो पुस्तक जन्मिएको हो । यो पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव छन् । व्यक्तिगत धारणा नभई आफ्नो व्यावसायिक जीवनको दौडानमा राष्ट्रको लागि महत्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरेको छु । हाम्रो पुस्ताले गरेका यी प्रयासले नेपालको भविष्य निर्माणको लागि आधार सिर्जना गरेको छ भन्ने ठानेको छु ।’

पूर्वमन्त्री थापाको पुस्तक लोकार्पण समारोहमा पुगेका सांसद डा. स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले पुस्तकले नेपालको भविष्य निर्माणको लागि नयाँ आयाम थप्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य

काठमाडौं । प्रभु बैंक लि. र एवन ग्रेटर नेपाल यातायात प्रा.लि. बीच नगदरहित भुक्तानी प्रणालीमा …

प्रतिकृया दिनुहॊस