कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा देउवाले थपे १० सदस्य (सूचीसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा १०सदस्य थप गरिएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन् ।

मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इञ्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौँ), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इञ्जिनियर धर्मनारायण शाह (सप्तरी), इञ्जिनियर प्रमोद दवाडी (काठमाडौँ), इञ्जिनियर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । काठमाडौंमा शनिबार माओवादी केन्द्रले गरेको खबरदारी सभामा उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।

प्रतिकृया दिनुहॊस