नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।

लघुवित्तले आर्थिक वर्ष २०८०÷०८१ सम्मको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

८ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश वितरण गर्ने जनाएको छ।

लघुवित्तको हाल कायम चुक्तापुँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार ६ सय ८५ रुपैयाँ छ। सेयरधनीले १६ करोड ६० लाख ८६ हजार ८ सय ४० रुपैयाँको बोनस सेयर र ८७ लाख ४१ हजार ४ सय १२ रुपैयाँ नगद लाभांश पाउनेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले ५ प्रतिशत लाभांश पाउने भएका छन्। कम्पनीको बिहीबार बसेको …

प्रतिकृया दिनुहॊस