सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले ५ प्रतिशत लाभांश पाउने भएका छन्।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश प्रस्तावको निर्णय गरेको हो।

यसअनुसार ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री