सडकबाट सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य : सत्ता गठबन्धन (संयुक्त वक्तव्यसहित)

काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध ७ दलले संयुक्त धारणा सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सात बुँदे लिखित साझा धारणा सार्वजनिक गरेको हो ।

सत्ता गठबन्धनले कुनै पनि समस्याको लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै अराजकतालाई प्रोत्साहन नगर्न आग्रह गरेको छ । राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने तथा सुशासन र विकासको नेपाली जनताको आकाङ्क्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरूपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरू उचित नभएको सत्ता गठबन्धनले बताएको छ ।

‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन’ संयुक्त विज्ञप्तिमा भनिएको छ । साथै बैठकले ओली नेतृत्व सरकारको सय दिनको समीक्षा गर्दै अहिलेसम्मका कामको समर्थन गरेको छ ।

सत्ता गठबन्धनले मुलुकलाई आर्थिक सङ्कटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन वर्तमान सरकारले महत्त्वपूर्ण कदम अघि बढाएको निष्कर्ष निकालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयोगले तोक्यो स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको खर्च हद

काठमाडाैं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारहरुको खर्च …

प्रतिकृया दिनुहॊस