आयोगले तोक्यो स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको खर्च हद

काठमाडाैं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारहरुको खर्च हद निर्धारण गरेको छ । आयोगका अनुसार स्थानीय तहका विभिन्न पदका उम्मेदवारले एक लाख ५० हजारदेखि अधिकतम ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने हद निर्धारण गरिएको हो ।

जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारका लागि सात लाख पचास हजार रुपैयाँ तोकिएको छ । उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले पाँच लाख पचास हजार रुपैयाँ खर्च गर्न पाउनेछन् ।

नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले चार लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उमेदवारले तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

महानगरपालिकाका वडा अध्यक्षका उमेदवारले तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष उमेदवारले दुई लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

नगरपालिकाका वडा अध्यक्षका उमेदवारले दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उमेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्नसक्ने गरी हद तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

  • यस्तो छ आयोगको विज्ञप्तिः

स्थानीय तह उपनिर्वाचन, २०८१ मा उम्मेद्‍वारको लागि खर्चको हद निर्धारण गरिएको

संवत २०८१ मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको लागि आयोगले मिति २०८१/०७/०७ गते खर्चको हद निर्धारण गरेको छ | स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेद्‍वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्‍वारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको छ।जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखपदका उम्मेदवारले जम्मा पांच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुखपदका उम्मेदवारले जम्मा चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षपदका उम्मेदवारले जम्मा तिन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखपदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् |त्यसैगरी महानगरपालिकाका वडा अध्यक्षपदका उम्मेदवारलेजम्मा तिन लाख रुपैयाँ,उपमहानगरपालिकाका वडा अध्यक्षपदका उम्मेदवारले जम्मा दुई लाख पचास हजार रुपैयाँ,नगरपालिकाका वडा अध्यक्षपदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्षपदका उम्मेदवारले जम्मा एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ|

नारायण प्रसाद सापकोटा
सहसचिव एवम् प्रवक्ता
२०८१।०७।०९

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ बिहीबारको मन्त्रिपरिषद्को बैठकका दर्जन निर्णय (सूची)

काठमाडौं । कार्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा …

प्रतिकृया दिनुहॊस