साइबर ब्यूरोले भन्यो- भिपिएन र डिएनएसबाट टिकटक नचलाउनु

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएस प्रयोग गरी टिकटक चलाउँदा आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको छ ।

विज्ञप्ति जारी गर्दै साइबर ब्यूरोले भीपीएन र डीएनएसजस्ता एपको प्रयोग गरी टिकटक चलाउँदा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैङ्कीङ विवरणमा पहुँच पुगी चोरी हुनसक्ने बताएको हो । ब्यूरोले भीपीएन र डीएनएसको प्रयोग गरी अवैध रुपमा टिकटक नचलाउन आग्रह गरेको हो ।

गत २७ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट भिडियो प्लाटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।

पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा आएको सूचना प्राप्त भएको भन्दै ब्यूरोले भिपिएन र डिएनएसको प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैङ्कीङ विवरणहरूको समेत पहुँच पुयाई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको जनाएको छ ।

‘विद्युतिय स्वरुपमा गैर९कानूनी कुरा संप्रेषण गर्ने, संप्रेषण गरिएका गलत सामाग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै ब्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा यस प्रकारका गतिविधिहरू प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनू हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस