दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, तीन गम्भीर घाइते

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । दाङको तुलसीपुर नजिकै राप्ती लोकमार्गमा आज बिहान बोलेरो गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-३, साततले क्षेत्रमा भएको दुर्घटनामा दंगीशरण गाउँपालिका-४ का २२ वर्षीय चालक हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा सल्यान कपुरकोट गाउँपालिका-६ निवासी ३१ वर्षीय देवा वली र उनका १३ वर्षीय छोरा महेश वली तथा १० वर्षीय छोरा जीवन वली घाइते भएका छन् । प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप