Tag Archives: slider

विश्वकप फुटबलमा अब ४८ देशले खेल्ने

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन् । फिफा काउन्सिलको गएराति बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुरयाउने निर्णय गरेको हो । जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन । यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता हुदैँ आएको थियो । रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन …

पुरा पढ्नुहॊस »

ओडिआई वरीयतामा नेपालको ब्यापक सुधार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो । योसँगै नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दाअघि ओमान १५ औं, नेदरल्यान्ड्स …

पुरा पढ्नुहॊस »

पाकिस्तानी पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको तेस्रो प्रयास विफल

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री ईमरान खानलाई पक्राउ गर्ने प्रहरीको तेस्रो प्रयास विफल भएको छ । मिसन ईमरान ’अरेस्ट’ अभियानका साथ मंगलबार तेस्रो पटक खानलाई पक्राउ गर्न पुगेको प्रहरी रित्तो हात फर्किएको हो । तोसाखाना मुद्दामा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । खानका समर्थकहरूको भीडले प्रतिकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेन । प्रमुख प्रतिपक्षी दल तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष खानले प्रहरीले पक्राउ गर्न खोजेपछि मंगलबार सामाजिक सञ्जालमार्फत सहयोगको …

पुरा पढ्नुहॊस »

फिल्म ‘नीरफूल’ जेठ १९ गते प्रदर्शन हुने

काठमाडौँ । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो । भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित सो फिल्म फूलमान वलले निर्देशन गरेका हुन् । रुबिभ्याली र काठमाडौँमा …

पुरा पढ्नुहॊस »

सिलिकन भ्याली बैंकका निक्षेपकर्ताको सम्पत्ति सुरक्षा गर्ने अमेरिकी सरकारको घोषणा

एजेन्सी । अमेरिकी सरकारले धरासायी बनेको सिलिकन भ्याली बैंकमा रहेको सम्पूर्ण निक्षेपकर्ताको सम्पत्तिको सुरक्षा गर्ने घोषणा गरेको छ । सिलिकन भ्याली बैंक एकाएक धरासायी भएपछि उत्पन्न त्रासले वित्तीय संकट निम्त्याउने खतरा बढेपछि संघीय सरकारले नै बैंकमा रहेको सबै निक्षेपको सुरक्षा गर्ने घोषणा गरेको हो । अर्थ मन्त्रालय, केन्द्रीय बैंक फेडरल रिजर्भ र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले संयुक्त रुपमा उक्त बैंकका सबै ग्राहक र निक्षेपकर्ताहरुको सम्पत्तिको सुरक्षा गर्ने बताएका हुन् । …

पुरा पढ्नुहॊस »

क्यालिफोर्नियामा डुंगा दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । दुई वटामध्ये एउटा डुंगामा सवार यात्रु मात्रै भेटिएका छन् । अर्को डुंगामा पनि आठदेखि दश जनासम्म रहेको अनुमान गरिएको बीबीसीले जनाएको छ । खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्यान्डले दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना के …

पुरा पढ्नुहॊस »

पीएनजीलाई ५२ रनले हराउँदै नेपाल विजयी

काठमाडौँ । पपुवा न्युगिनीलाई हराउँदै नेपाल ५२ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको बिहीबारको खेलामा नेपालले पीएनजीलाई हराएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पीएनजीलाई जितका लागि २९८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै जोड्न सक्यो ।

पुरा पढ्नुहॊस »

प्यालेस्टाइनको पोष्टमा नेपालको आधा दर्जन गोल

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले  प्यालेस्टाइनमाथि शानदार जित हासिल गरेको छ । नेपालले प्यालेस्टाइनलाई ६-० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा २-० को अग्रता लिएको नेपालले खेलको दोस्रो हाफमा ४ गोल गरेको थियो । एएफसी यू-२० महिला एसियन कप छनोटको समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । यस समूहमा रहेको युएईले प्रतियोगिताबाट नाम फिर्ता गरेकाले यस …

पुरा पढ्नुहॊस »

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैंगिक समानताका लागि काम गर्न आग्रह गरेका छन् । उनले अहिले पनि लैंगिक विभेद रहेको तथा महिला र पुरुषबीचको समानताका बीचमा खाडल रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिएका छन् । विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै गुटरेसले अहिले देखिएको महिला र पुरुषबीचमा असमानता कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा महिला सहभागी आवश्यक रहेको बताए …

पुरा पढ्नुहॊस »

अल्मुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २०७८ का लागि वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत अल्मुताइरी उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् । क्रिकेटका अस्ट्रेलियन प्रशिक्षक डेव ह्वाटमोर, पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी, बक्सिङका प्रशिक्षक दीपक महर्जन र भलिबलका प्रशिक्षक जगदीश भट्टलाई पछि पार्दै उनले उपाधी जितेका हुन् । प्रज्ञाभवन कमलादीमा आयोजना गरिएको अवार्ड घोषणा तथा …

पुरा पढ्नुहॊस »