काठमाडौँ । पपुवा न्युगिनीलाई हराउँदै नेपाल ५२ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको बिहीबारको खेलामा नेपालले पीएनजीलाई हराएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पीएनजीलाई जितका लागि २९८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै जोड्न सक्यो ।
तपाईंको प्रतिकृया




