प्यालेस्टाइनको पोष्टमा नेपालको आधा दर्जन गोल

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले  प्यालेस्टाइनमाथि शानदार जित हासिल गरेको छ । नेपालले प्यालेस्टाइनलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा २-० को अग्रता लिएको नेपालले खेलको दोस्रो हाफमा ४ गोल गरेको थियो । एएफसी यू-२० महिला एसियन कप छनोटको समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।

यस समूहमा रहेको युएईले प्रतियोगिताबाट नाम फिर्ता गरेकाले यस समूहमा तीन देशले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणका खेलहरु आगामी जुनमा हुने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री