Tag Archives: slider

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको छ । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा धेरै भागमा महसुस गरिएको थियो । क्षतिको जानकारी भने आउन बाँकी छ ।  

पुरा पढ्नुहॊस »

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, छिमेकी देशहरूमा सुनामीको चेतावनी

काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन् । चीनमा धक्का बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा …

पुरा पढ्नुहॊस »

किन पक्राउ परे दिल्लीका मुख्यमन्त्री केजरीवाल ?

काठमाडौं । भारतको वित्तीय अपराध अनुसन्धान निकायले राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्‌मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाललाई पक्राउ गरेको उनको पार्टीले जनाएको छ । कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालयले बिहीवार साँझ केजरीवालको निवासमा खानतलासी गरी उनलाई पक्राउ गरेको हो । भारतको मुख्य विपक्षी कांग्रेसलगायतले घटनाको विरोध गरेका छन् । आपले आफ्ना अध्यक्ष निर्दोष रहेको र राजनीतिक उद्देश्यले केजरीवाललाई पक्राउ गरिएको बताएको छ । भारतमा आगामी एप्रिल १९ तारिकदेखि लोकसभा निर्वाचन …

पुरा पढ्नुहॊस »

चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड-२०२४’ को उपाधि

काठमाडौं । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् । क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइ दिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् । प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए । यस पटकको प्रतियोगितामा …

पुरा पढ्नुहॊस »

फ्रान्स बन्यो गर्भपतनलाइ संबैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र

पेरिस । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसदको दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने बिपक्षमा २८ मत परेको छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुइ तिहाइ भन्दा बढी मत परेको छ । पेरिसको दक्षिणपश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले …

पुरा पढ्नुहॊस »

दिल्लीमा भीषण आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीबार भएको आगलागीमा ११ जनाको मृुत्यु भएको छ । समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो । भारतको आगलागी विभागका अनुसार रङ र रासानयिक पदार्थका दुई गोदाममा लागेको आगलागीमा ११ जनाको ज्यान गुम्नुका साथै ४ जना घाइते भएका छन् । आगलागीपछि भयानक विस्फोटको आवाज आएको र नजिकका पसल तथा घरहरुमा पनि आगो …

पुरा पढ्नुहॊस »

सडकमा भिडियो खिच्दै गर्दा २८ वर्षीया काउन्सिलरको गोली हानी हत्या

एजेन्सी । इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिएपछि पुरै देश शोकमा डुबेको छ । गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ वर्षीया डायना कार्नेरोमाथि आक्रमण भएको थियो । मोटरसाइकलमा आएका दुई संदिग्धहरूले डायनाको टाउकोमा गोली हानेका थिए । प्रहरीले भने, ‘मोटरसाइकलमा आएर दुई जना शंकास्पद व्यक्तिले उनको टाउकोमा गोली हानेर भागेका थिए ।’ त्यसपछि उनलाई हतार हतार अस्पताल पु-याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । …

पुरा पढ्नुहॊस »

बरफको ढिस्कोमा सुतेको भालुको तस्बिरलाई पुरस्कार

एजेन्सी । पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेअर’को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ । ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले ‘वाइल्डलाइफ फोटाग्राफर अफ द यिअर पीपल्स चोइस अवार्ड’ पाएको हो । सारिखानी व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि तस्बिर खिच्छन् । ‘सारिखानीले खिचेको यो आश्चर्यजनक र हृदयस्पर्शी तस्बिरले हामीलाई पृथ्वी कति सुन्दर र संवेदनशील छ भन्ने देखाउँछ,’ न्याचरल हिस्ट्री म्यूजीअमका निर्देशक डा डग्लस गरले भने, ‘उनको यो विचारोत्तेजक तस्बिरले …

पुरा पढ्नुहॊस »

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ,’ पौडेलले लेखेकी छन् । मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । उनले फिल्मको …

पुरा पढ्नुहॊस »

फ्रान्सको शीर्ष डिभिजन लिग खेल्दै साम्बा

काठमाडौं । नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने भएकी हुन् । गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको जानकारी दिएको छ । फ्रेन्च क्लबमा अनुबन्ध भएपछि साम्बाले प्रतिक्रिया दिँदै आफू उत्साहित बनेको बताएकी छन् । साम्बाले गुइनगाम्पमा आफ्नो मेडिकल समेत पुरा गरिसकेकी छन् । उनले यसअघि इजरायलको लिग खेलेकी थिइन् । गुइनगाम्प हाल …

पुरा पढ्नुहॊस »