Tag Archives: slider

भारतमा १० करोड डोज काेराेना खोप नष्ट

भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड–१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ। कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो, सीईओ अदार पुनावालाले भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९०% भन्दा बढी हिस्सा ओगटेको छ। भारतले कोभिड–१९ को खोपको दुई अर्ब …

पुरा पढ्नुहॊस »

अब पूर्वप्रधानमन्त्रीहरूले लर्को लागेर संसद् जान छाड्नु पर्छ: डा‍. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा‍. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन्। शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद बाहिर बसेको पनि बताए । भट्टराईले बहुदलीय ब्यवस्थाको उदयपछि नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई दिइएको ‘अफर’ अस्वीकार गरेको जनाउँदै त्यागले मात्रै नेताहरू महान हुने बताए। शान्ति प्रक्रियामा आएपछि पहिलोपटक संघीय संसदमा निर्वाचन नलडेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले काठमाडौं-७ …

पुरा पढ्नुहॊस »

बाराही हाइड्रोको आईपीओ आजदेखि खुल्ला

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निस्काशन गरेकाे हाे। आइपिओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा कात्तिक १८ गते …

पुरा पढ्नुहॊस »

आज पनि नयाँ उचाइमा अमेरिकी डलरकाे भाउ

अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिददर प्रतिडलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ। राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ।

पुरा पढ्नुहॊस »

आजकाे माैसम : पश्चिमीसँगै स्थानीय वायुको प्रभाव

नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ। जसकारण मुलुकका पहाडी भेगमा बदली हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। तर, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान …

पुरा पढ्नुहॊस »

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता श्रेष्ठ

हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ। उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो । “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त बनाउँछु”, अभिनेता श्रेष्ठले भन्नुभयो । महापुरुष नेपाली चलचित्र भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ। उहाँ पछिल्लो …

पुरा पढ्नुहॊस »

सेयर बजार झिनो अंकले ओरालो

सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ। नेप्से परिसूचको अनुसार १.३८ अंकले घटेर १ हजार ८ सय ४४ दशमलव १४ अंकको बिन्दुमा आएर रोकिएको छ। ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्स मा ०.०९ अंकले वृद्धि भएर ३६.०५ अंकमा आएर रोकिएको छ। बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ। बिहीबार १८३ कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य घट्दा ७८ …

पुरा पढ्नुहॊस »

१२ दशमलव ८१ अंकले घट्यो नेप्से

सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ। आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ। दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै पिपुल्स …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ। महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो। महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ। महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ। महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ।

पुरा पढ्नुहॊस »

रुसी लडाकु विमान दुर्घटनामा १३ जनाको मृत्यु

रुसी एसयु-३४ लडाकु विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। रुसी आपत्कालीन मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ। १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ। यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा …

पुरा पढ्नुहॊस »
This will auto close after