सिन्धुपाल्चोक पहिरो अपडेट : दुई जनाको शव भेटियो,अझै तीन जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नंबर ४ स्थित फुल्पिङकट्टी गाउँमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

पहिरो  बेपत्ता भएका ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको छ ।

अन्य तीन जना  ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको  प्रहरीले जनाएको छ ।

पहिरोमा परि मुत्यु हुने र वेपत्ता हुने सबै एकै घरका आमा, छोरी, बुहारी नातीनीहरु रहेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री