झन् बढ्दै कोरोनाः विश्वभर १ करोड ३९ लाखभन्दा धेरै संक्रमित

काठमाडौं । विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकैदिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ९५७ पुगेको छ । एकैदिन २ लाख ३७ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

निको भएका ८२ लाख ६८ हजार ४६९ जनामध्ये २ लाख ३७ हजार १२७ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। अमेरिकापछि ब्राजिल र भारतमा धेरै संक्रमित देखिएका छन्।

गएको २४ घण्टामा ब्राजिलमा ४३ हजार आठ सय २३ र भारतमा ३५ हजार चार सय ६८ जनामा संक्रमण देखिएको छ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । संक्रमितको संख्या १० लाख पाँच हजार ६ सय ३७ पुगेको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २५ हजार ६ सय नौ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस