रोकिएन कोरोना कहर : विश्वभर १ करोड ३६ लाख संक्रमित, ५ लाख ८५ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ५ लाख ८५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोभिड–१९ का कारण ५ लाख ८६ हजार ७७४ जनाको ज्यान गएको हो ।

संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ९१६ पुगेको छ भने उपचारपछि निको हुनेहरुको सख्या ८० लाख ३६ हजार ४७३ पुगेको वल्र्डोमिटरले जनाएको छ ।

सबैभन्दा धेरै अमेरिकामा १८ लाख ३२ हजार १०९ जना सक्रिय संक्रमित छन् । अमेरिकामा १६ हजार ४७२ जना संक्रमितको अवस्था चिन्ताजनक छ। छिमेकी देश भारतमा तीन लाख ३१ हजार ५०५ सक्रिय संक्रमित छन् भने आठ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री