उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गर्ने बताएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च ब्याजदर र तरलता सङ्कुचनलाई बजेटमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभएको हो । उहाँले अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलता सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन र बाह्य क्षेत्रको चापलाई सम्बोधन गर्ने बताउनुभयो ।

राष्ट्रपति पाैडेलले विदेशी लगानीलाई प्राथमिकता प्राप्त क्षेत्र अर्थात् ठूला योजनामा केन्द्रित गर्ने पनि बताउनुभयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुहाङ नेम्वाङले लिए शपथ

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ …

प्रतिकृया दिनुहॊस