काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । गएराती भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका हुन् । दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बाल सुधार गृहमा पटक-पटक झडप हुँदै …
पुरा पढ्नुहॊस »दुई समुदायबीच फेरि झडप, मलंगवामा अनिश्चितकालिन कर्फ्यु
काठमाडौँ । सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । दुई समुदायबीच झडप भएपछि सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गएराति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ । मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए …
पुरा पढ्नुहॊस »शिक्षकहरू आन्दोलनमा होमिँदा देशभरको पठनपाठन प्रभावित
काठमाडौँ । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले निरन्तरता पाउने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो । दुई पक्षबीचको वार्तामा बुँदागत रूपमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले बताए । उनकाअनुसार शिक्षकहरूका मागको बारेमा आज फेरि बैठक बसेर सहमति जुटाउन प्रयास गरिनेछ । सहमति जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाई छ । नेपाल राष्ट्रिय शिक्षक …
पुरा पढ्नुहॊस »देशभर बदली, यी तीन प्रदेशमा ठूलो पानी पर्ने
काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविद्ले जनाएका छन् । झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस, …
पुरा पढ्नुहॊस »शिक्षकहरूको आन्दोलनले दिनभर अस्तव्यस्त बानेश्वर-माइतीघर क्षेत्र (भिडिओ)
काठमाडौँ । शिक्षकहरुको आन्दोलनले बानेश्वर-माइतीघर क्षेत्र अस्तव्यस्त बनेको छ । बुधबारदेखि आन्दोलन सुरु गरेका उनीहरुले बिहीबार पनि आन्दोलन जारी राखेपनि यो क्षेत्रको यातायात अस्तव्यस्त बनेको हो । संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ । उनीहरूले माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरेका थिए । प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । महासंघले मन्त्रीबाट आफ्ना …
पुरा पढ्नुहॊस »शिक्षकहरुलाई रास्वपाको चेतावनी- विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न भनेको हो । ‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौं,’ महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित आठ नेता मनोनीत
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. चन्द्र भण्डारीसहित आठ नेताहरूलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । चौधौँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उठेर पराजित डा. भण्डारीसहित आठ नेतालाई देउवाले केन्द्रीय कार्यसमितिमा बिहीबार मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम ती नेताहरूलाई केन्द्रीय कार्यसमिति सदस्य बनाइएको हो । देउवाले मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद …
पुरा पढ्नुहॊस »दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या, बिहेमै ल्याएका थिए लाखौँ सम्पत्ति
काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ …
पुरा पढ्नुहॊस »प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, टोलीमा को-को छन् ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको टोली सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले ८ दिने भ्रमण तालिका सार्वजनिक गरेको हो । अमेरिकाबाट सीधै चीन जान लागेका प्रधानमन्त्री प्रचण्ड असोज ६ देखि १३ सम्म त्यहीँ रहन्छन् । परराष्ट्र मन्त्रालयलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, …
पुरा पढ्नुहॊस »गगन थापाको आग्रह- विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउने आश्वासन दिँदै विद्यालय बन्द नगर्न अनुरोध गरेका हुन् । उनले शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताए । ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ,’ प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले भनेका छन्, ‘संसद्मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।’ शिक्षा विधेयक …
पुरा पढ्नुहॊस »