कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता

काठमाडौं । कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता भएको छ । जिल्लाको कैलारी गाउँपालिका ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मनिला न्यौपानेको विवाह दर्ता भएको हो ।

विवाह गरेको ४ वर्षपछि उनीहरूको विवाह कैलारी गाउँपालिकामा दर्ता भएको  । यही पुस ६ गते मात्रै उनीहरूको विवाह दर्ता भएको हो । पारलैंगिक विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा पारलैंगिक विवाह दर्ता भएको थिएन ।

शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलोपटक पारलैंगिक विवाह दर्ता निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले बताइन् । समलिङ्गी विवाहका रूपमा प्रकाश र मनिलाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको समाजका अध्यक्ष गुरुङले बताइन् ।

विवाह दर्ता भएपछि बच्चाको पनि चाहना भएको बताउँदै उनीहरूले समलिङ्गी विवाहपछि अब धर्म सन्तान पनि राख्न पाउनुपर्ने बताएका छन् । यसअघि नेपालमा पहिलो पटक नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिच समलैंगिक विवाह दर्ता भएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री