पाल्पा दुर्घटनाका सबै १० मृतकको परिचय खुल्यो (नाम/ठेगानासहित)

काठमाडौं । पाल्पामा मंगलबारअपराह्न भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । ​आठजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

तिनाउ गाउँपालिका-६ मस्यामका २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, ६० वर्षीया यनकुमारी पन्त र ६७ वर्षीय कृष्णबहादुर अस्लामीको मृत्यु भएको हो । रूपन्देहीको बुटवल उपमहानगरपालिका-१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र श्रीमती ६० वर्षीय चुना रणपालको मृत्यु भएको हो ।

तिनाउ गाउँपालिका-२ खुर्सानेकी २० वर्षीया गीता सुनार, रूपन्देही देवदह नगरपालिका-५ की २९ वर्षीया दिलमाया जिसी, रिब्दीकोट गाउँपालिका-१ ख्याहाका ६५ वर्षीया दिलकुमारी सुनार र ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते सबैको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तानसेन नगरपालिका-८ डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जीप तिनाउ गाउँपालिका-६ मस्यामस्थित इकोफम हाउसनजिकै दुर्घटना भएको थियो । मंगलबार अपराह्न करिब ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रनाउ श्रेष्ठले बताए । जीपका चालक दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री