चोरी गर्न छुट पर्व !

डम्मर बम

काठमाडौं । चोरी गर्नु एक अपराध हो, कानूनीरुपमा दण्डित कार्य पनि तर नेपालीमा समाज विशेषगरी सुदुरपश्चिममा आज चोरीगर्न संस्कृतीले छुट दिएको दिन पुष प्रन्ध । सामाजीक तथा कानूनी रुपमा बर्जित चोरी होइन, बलकी समाजीक पहिचान तथा संस्कृतीको जगेर्ना गर्नका लागि गरिएको चोरी । जुन चोरीमा आत्मीयता लुकेको हुन्छ, सद्भाव लुकेको हुन्छ । यसमा कसैलाई धेरै ठूलो हानी नोक्सानी भने हुँदैन । आजकै दिन गाउँघरमा सबै साथिभाई एकठाउँमा जम्मा हुनु, अर्काको बारीबाट उखु, आलु चोर्नु विभिन्न परिकार बनाउनु, आफुमा भएको प्रतिभा प्रस्तुत गर्नु, वृद्धवृद्धाबाट दैत्य कथा सुन्नु यस पर्वको विशेषता हो ।

आजकै दिन गाउँघरमा सबै साथिभाई एकठाउँमा जम्मा हुनु, अर्काको बारीबाट उखु, आलु चोर्नु विभिन्न परिकार बनाउनु, आफुमा भएको प्रतिभा प्रस्तुत गर्नु, वृद्धवृद्धाबाट दैत्य कथा सुन्नु यस पर्वको विशेषता हो ।

पुष प्रन्धलाई ‘पन्नरी रात’ अर्थात ‘ठुलीरात’ तथा ‘पुसे १५’ पर्व पनि भन्ने चलन छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ मा आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको भुनेरोटी (चामलको पिठोबाट बनेको रोटी) लगायत कन्दमूलका साथै पाकेको फर्सी, पिँडालु, सखरखण्ड र तरुल उसिनेर खाने प्रचलन छ । वृद्धवृद्धाले बात हाल्ने (कथा, गाउँखाने कथा सुनाउने) प्रचलन पनि छ । यस पर्वमा परापूर्वकालमा राजारानीको कहानीका साथै भुतप्रेतको कथा सुनाएर रमाइलो गर्ने गरिन्छ । बालबालिकाहरु अझै आफ्ना मान्यवरबाट आजको दिन कथा सुन्न लालायित हुन्छन् ।

सुदुरको मौलिक पहिचान बोकेका पर्व तथा संस्कृतीहरुको संरक्षण तथा जगेर्ना गर्नु अहिलेको यूवाहरुको दायित्व भएको सुदुरपश्चिमको लोक संस्कृतीमा विध्यावारधी गर्नु भएका प्रा.डा. टीएन जोशीको भनाई छ । उनले परापूर्वकाल देखि मानिदै आएको पुषे १५ मा लामो रात हुने र बुढापाकाबाट बात सुन्ने, डेउडा खेल्ने तथा विभिन्न परिकार तरुल, भुनेरोटी खाने दिदि बहिनीलाई वोलाउने नातागोता तथा स्टमित्रहरु सबै एकै ठाउँमा जम्मा हुने दिने रहेको बताए । ‘‘पुष १५ सुदुरपश्चिमको मौलिक पर्व हो,” संस्कृतविद् प्रा.डा. जोशीले भने ‘‘पछिल्लो समय पश्चिमा संस्कृतीमा रमाउने नेपाली समाज भएका कारण मौलिक पहिचान बोकेका यस्ता संस्कृतीहरु ओझेलमा पर्न थालेको छ ।”

‘पछिल्लो समय पश्चिमा संस्कृतीमा रमाउने नेपाली समाज भएका कारण मौलिक पहिचान बोकेका यस्ता संस्कृतीहरु ओझेलमा पर्न थालेको छ ।’ -संस्कृतविद् प्रा.डा. जोशीले भने ।

उनले भने यस्ता पहिचान वोकेका संस्कृतीको जगेर्ना गर्नु हामी सबैको दायित्व हो । आजै दिन सुदुरमा स्थानीय विदा दिइएको र स्कुल तथा कलेनमा डेउडा खेलेर मनाइएको उनले सुनाए । खास गरी पुष पन्ध्रमा राती चोरी गर्ने, प्रेम प्रस्ताब गर्ने वा जबरजस्ती भगाउने केही गलत परम्परा बसेकोले यस्ताखाले विकृतीहरुलाई हटाउनु पर्ने भनाई छ । हाम्रो धर्म संस्कृतीमा भएका कमीकमजोरी जुन समाजीक परिवेश सुहाँदो छैन् त्यसलाई हटाएर पर्व मनाउनु पर्ने उनको जोड छ । ‘‘हामीलाई एकताको सूत्रमा बाँध्ने भनेको हाम्रो परम्परा हो,” संस्कृतविद् प्रा.डो जोशीले भने ‘‘त्यसै सबैले यसको संरक्षण गर्नुपर्ने हुन्छ ।”

संस्कृती सम्बन्धी अनुसन्धान गरि रहेका संस्कृती अनुसन्धानदाता डा. बद्री शर्मा विनाडीका अनुसार बैज्ञानिक नभएर लोक नियम अनुसार आजको दिन (पुष १५) सूर्य उत्रायण हुने र सबैभन्दा लोमा रात मानिएको तिलोको दाना जत्रो हिसाबले छोटो हुने गर्दछ । पुष १५ मा खास गरी तीन पुस्ता एकै ठाउँमा भेला हुने भएकोले यसको विशेषता भएको संस्कृती अनुसन्धानदाता डा. विनाडीको भनाई छ । यस पर्वमा बुढा र बाला बीचमा दोहरो संवाद हुने, एक आपमा प्रेम साट्साट हुने, छुट्टा छुट्टै बस्ने छोराछोरी, नातीनातीना, बुहारी लगायत सबै एकै ठाउँमा बस्ने भएकाले समाज र परिवारलाई जोड्ने काम गर्दछ । यूवा पूस्तामा पर्वको दिन जाँड रक्सी खाने चलन भएकोले यस्ता नकारात्मक कुरालाई छोड्नु पर्ने हुन्छ, संस्कृती अनुसन्धानदाता डा. विनाडीले भने एक दुई जनाले मात्र सम्धब नभएकाले सबैले यसको संरक्षण गर्नु पर्दछ ।

संस्कृती सम्बन्धी अनुसन्धान गरि रहेका संस्कृती अनुसन्धानदाता डा. बद्री शर्मा विनाडीका अनुसार बैज्ञानिक नभएर लोक नियम अनुसार आजको दिन (पुष १५) सूर्य उत्रायण हुने र सबैभन्दा लोमा रात मानिएको तिलोको दाना जत्रो हिसाबले छोटो हुने गर्दछ ।

पुष पन्ध्रमा जागाराम बस्ने, आगोबाल्ने, मिठोमिठो परिकार पकाएर खाने, कथा सुनाउने तथा हसाँएर रात काट्ने यस पर्बको विशेषता रहेको डेउडा विशेषज्ञ दलबहादुर वोगटीको भनाई छ । उनले मौलिक पहिचान वोकेको पर्वका वारेमा पछिल्लो पूस्तालाई जानकारी दिने र उनीहरुलाई मनाउन उत्प्रेरित गर्नुपर्ने आफुहरुको दायित्व रहेको बताए ।

पछिल्लो समय पश्चिमा संस्कृतीमा रमाउने नेपाली समाज भएका कारण मौलिक पहिचान बोकेका यस्ता संस्कृतीहरु ओझेलमा पर्न थालेका छन् । आजको समाजमा अंग्रेजी महिनामा अनुसारका पर्वहरु ध्यान दिने अहिलेको यूवा जमातले आफ्नो धर्म संस्कृतीको वारेमा चासो दिएको देखिदैन । आफ्नो धर्म संकृतीका वारे पछिल्लो पूस्ता अनविज्ञ नै छन् । अर्को तर्फ पुराना संस्कृतीका वारे जानकारी दिने हाम्रो समाजमा अझै बातावरण बन्न सकेको छैन । मौदिक रुपमा मात्र धर्म संस्कृतीको संरक्षण हुने होइन त्यसका लागि यूवा पूस्तामा जानकारी दिनुपर्ने हुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री